Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राखेपमा जापान भागेर फर्किएका लाखेसहित ११ जना मनोनित,सिलवाल बिबादमा

    राखेपमा जापान भागेर फर्किएका लाखेसहित ११ जना मनोनित,सिलवाल बिबादमा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 3.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं।  सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा ९ जना सदस्यलाई गरेको नियुक्ति बिबादमा परेको छ  । बिहीबार  मन्त्रिपरिषद् बैठकले राखेपमा ९ जना सदस्यलाई मनोनित गरेको हो ।

    मनाेनित हुनेहरूमा राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर हरि खड्का, माधव हजारा, पुरेन्द्र लाखे, राजेश गुरुङ, मोहम्मद शेख, नन्द बस्याल, एकेन्द्र कुबर छन् । यस्तै, चन्द्रा बन्दना राई र सुमित्रा राई पनि राखेपको बोर्डमा मनोनित भएका छन् ।



    त्यसैगरी, खेलकुद परिषदको अध्यक्षको हैसियतले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले २ जनालाई संघका तर्फबाट मनोनयन गरेका छन् । जसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठ छन् ।



    सरकारले नियुक्त गरेकामध्ये पुरेन्द्र विक्रम लाखे विवादित व्यक्ति हुन् । लाखेलाई राखेपका सदस्यसचिव रमेश सिलवालले सिफारिस गरेको स्रोतको भनाइ छ।

    दोस्राे पटक राखेपको सदस्यसचिब बनेका सिलवालले  सन् १९९० को एसियन च्याम्पियनसिपमा जापान गएको र पछि त्यतै भागेर फर्केका लाखेलाई  सिफारिस गरेसँगै उनको आलोचना भएको हाे ।

    लाखे जापानमा धेरै वर्ष बसेर नेपाल फर्किएका व्यक्ति हुन् ।

    असारदेखि कार्यन्वयनमा आएको राष्ट्रिय खेलकुद ऐन २०७७ ले यस्तो किसिमका विवादत व्यक्तिलाई राखेपमा आउन बन्देज गरेको छ । ऐनको दफा ८ मा ‘पद रिक्त हुने अवस्था’को बुँदा नम्बर ‘ज’ मा भनिएको छ ‘राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भागेको र पछि फर्केर आएको प्रमाणित भएमा’ उल्लेख छ ।

    देशको प्रतिनिधित्व गरी जापान पुगेर त्यहिँ भागेका लाखेलाई नियुक्ति दिने सरकारको निर्णयमा खेल क्षेत्रबाट विरोध भइरहेको छ ।

    राखेप सदस्य सचिव रमेश सिलवाल निकट लाखे  १३ औं दक्षिण एसियाली खेलकुदमा  भण्डारण शाखाको संयोजक भएर काम गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार