Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • हिल्सामा काँग्रेस टोलीमाथि चिनियाँ सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार!

    हिल्सामा काँग्रेस टोलीमाथि चिनियाँ सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार!

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 4.8K
    SHARES

    हुम्ला। नेपाल-चीन सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि पुगेको टोलीमाथि चिनियाँ पक्षले अश्रु ग्यास प्रहार गरेको छ।

    चिनियाँ पक्षले नेपाली काँग्रेसको टोलीमाथि अश्रु ग्यास प्रहार  गरेको नाम्खा गाउँपालिका उपाध्यक्ष पेमा तामाङले वताइका छन् । तामाङसहितको काँग्रेस टोली केही दिनअघि निरीक्षणका लागि सीमा क्षेत्रमा पुगेका थिए।



    सीमाको निरीक्षण गरेर फर्किएपछि हिल्सा नजिकै बिहीवार साँझ ५ बजेतिर आफ्नो टोलीमाथि चिनियाँ प्रहरीले अश्रु ग्यास प्रहार गरेको  तामाङले दाबी गरेका छन् । अश्रु ग्यास प्रहारप्रहारबाट कसैलाई क्षति भने भएको छैन।



    हिल्सामा तामाङको टोली ५,६,७ र ८ नम्बर पिल्लर निरीक्षण गर्न गएको थियो ।

    फर्केर हिल्सा पुग्ने बेला खोला पारी एउटा भवनबाट आफुहरुलाई लक्षित गरी टियर ग्यास फालिएको उनको भनाइ छ । उक्त स्थान हिल्साबाट १५ मिनेटको दुरीमा छ। साँझ सदरमुकाम पुगेपछी सबै सत्यतथ्य सार्वजनिक गर्ने उनले वताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार