Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सरकार र डा. गाेविन्द केसीबीच सहमति

    सरकार र डा. गाेविन्द केसीबीच सहमति

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 3.2K
    SHARES

    अनसनरत डा. गोविन्द केसी।

    काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीचकाे वार्तामा सहमति भएको छ ।

    दुबै पक्षका वार्ता टोलीले सहमतिलाई औपचारिकता दिएपछि शुक्रबारनै अनसन तोड्ने तयारी रहेको स्रोतले बतायाे ।



    शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगेकाे भएपनि सहमति हुन सकेकाे थिएन ।



    बिहीबार सहमति हुन नसकेको विषय शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको स्राेत बताउँछ ।

    स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार