Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख नाघ्याे, आज थप २०५९ जनामा संक्रमण

    नेपालमा काेराेना संक्रमितकाे संख्या १ लाख नाघ्याे, आज थप २०५९ जनामा संक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपालमा आज २ हजार ५९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ६८० जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ६०० पुगेको छ।

    यसैबीच हिजाे देशभर ४ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार