Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मेसीको गोलसँगै विश्वकप छनोटमा अर्जेन्टिनाको विजयी सुरूवात

    मेसीको गोलसँगै विश्वकप छनोटमा अर्जेन्टिनाको विजयी सुरूवात

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

    अर्जेन्टिनाले नेपाली समय अनुसार शुक्रबार विहान भएको खेलमा इक्वेइडरलाई १(–गोलले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा लिओनल मेसीले गरेको गोल निर्णायक सावित भयो।



    मेसीले खेलको १३ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । जितसँगै अर्जेन्टिनाले छनोटमा तीन अंक जोड्न सफल भएको छ।



    त्यसैगरी शुक्रबार विहानै भएको अर्को खेलमा उरुग्वेले चिलीलाई २–१ गोलले पराजित गरेको छ। खेलको ३९ मिनेटमा लुइस सुआरेजको पेनाल्टी गोलबाट उरुग्वेले अग्रता लिएको थियो।

    तर ५४ मिनेटमा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काउन सफल भए।

    बराबरीतर्फ अघि बढेको खेलको दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा उरुग्वेले गोल गर्‍यो। उसका लागि माक्सी गोमेजले गोल गर्दै आफ्नो टिमलाई रोमाञ्चक जित दिलाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार