Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • राप्ती उपत्यकामा जग्गाको किनबेच तथा अतिक्रमण रोक्न मुख्यमन्त्रीकाे निर्देशन

    राप्ती उपत्यकामा जग्गाको किनबेच तथा अतिक्रमण रोक्न मुख्यमन्त्रीकाे निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् ।

    प्रदेशको राजधानी र नामाकरण पछि आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कर्मचारीलाई निर्देशन दिदै उनले उक्त क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताए ।



    प्रदेश सरकारले यस अघि दाङको राप्ती, गढवा गाउँपालिकाको वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । गैरकानुनी रुपमा किनबेच हुनसक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उनले निर्देशन दिए ।



    राप्ती उपत्यकाको राप्ती , गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले बताए ।

    राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा १,२ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उनले आग्रह गरे। राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उनले बताए ।

    मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइदै जाने जानकारी दिए। उनले नक्शाको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताए ।

    उनले भने“अहिलेलाई हेरेर होइन्, ५० वर्षपछि सम्मपनि व्यवस्थित शहर रहने गरी योजना गर्छौ, योजनाका माध्यमबाट मान्छेको सोंच बदल्छौ । ”राजधानी र नामको टुङ्गो सही ढंगले लगाएर संघीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको समेत उनले उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार