Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयको आग्रह

    सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । सरकारले दसैँकाे अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दसैँ मनाउन पनि आग्रह गरेका छन् ।



    यस्तै बिहीबार ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं उपत्यकामा मात्रै २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको हुँन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार