Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ११ अंकले घट्याे नेप्से

    ११ अंकले घट्याे नेप्से

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । बिहीबार नेप्से परिसूचक ११.३४ अंकले घटेर १५८९.६३ विन्दुमा पुगेकाे छ ।

    १९३ कम्पनीको २ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको हो ।



    सबैभन्दा धेरै मल्टिप्रपोज फाइनान्सको भाउ १० प्रतिशतले बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, गोर्खाज फाइनान्सको भाउमा पनि सकारात्मक सर्किट लागेको छ ।



    सबैभन्दा धेरै सिनर्जी पावरको भाउ ७.०८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै अरुण काबेलीको १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    बिहीबार बजार सूचक केही दबाबमा परेको देखिन्छ । यसअघि बढेका अधिकांश सेयरहरुको मूल्यमा करेक्सन आएको छ । वाणिज्य बैंक समूह पनि दबाबमै परेको देखिन्छ ।

    सबैभन्दा धेरै निर्जीवन समूह ७४.३१ अंकले घटेको छ । पछिल्लो समय उछाल आएको जलविद्युत कम्पनीमा साताको अन्तिम कारोबार ४४.५७ अंकले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार