Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जाजरकोट दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुग्यो

    जाजरकोट दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    सुर्खेत । जाजरकोट जिप दुर्घटनामा परी मुत्यु हुनेको संख्या सात पुगेको छ ।

    बिहीबार जुनीचाँदे गाउँपालिका–११, का १७ वर्षीय लालबहादुर बुढाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या सात पुगेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए ।



    सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जाने क्रममा भे १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो ३ बजे जुनीचाँदे गाउँपालिका–२ स्थित औलखोलामा दुर्घटनामा परेको थियो ।



    दुर्घटनामा परी जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृतीबहादुर शाही, जुनीचाँदे गाउँपालिका–५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्णबहादुर शाही, ३० वर्षीय खिमबहादुर शाही र छेडागाड नगरपालिका–५ का कर्णबहादुर शाहीकाे मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार