Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • काठमाडौँमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास

    काठमाडौँमा ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास

    अनलाइन नेपाल
  • बिहिबार, २२ असोज २०७७
  • 1.9K
    SHARES

    काठमाडौँ । काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही नगरपालिका–४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक छन् ।

    बुधबार दिउँसो करिब ३ः४० बजेको समयमा काठमाडौं महानगरपालिका–३२ महादेवस्थानस्थित बागमती करिडोरमा विकले बालिकामाथि बलात्कारको प्रयास गरेको स्थानीयले देखेपछि ती बालिकाको उद्दार गरिएको थियो ।



    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरकाअनुसार विकले ७ वर्षीया बालिकालाई जबरजस्तरीकरणी गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



    बालिकाको उद्दारपछि स्थानीयले विकलाई नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएका एसपी राठौरले बताए । विकले बालिकालाई विभिन्न प्रलोभनमा पारेर जबरजस्तीकरणी गरेको हुनसक्ने प्रहरीको आशंका छ । परक्षिणको लागि बालिकालाई अस्पताल पठाएको एसपी राठौरले बताए । विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार