Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन मेडिकल कलेजमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।  अस्पतालका धेरैजसो कर्मचारीहरू कोरोना संक्रमित भई आइसोलेसनमा बसेका छन्।

अस्पतालले तयार पारेको ५९ बेडको कोभिड आईसीयू समेत भरिएको छ भने यस विषम अवस्थामा अब आउँने नयॉं विरामीहरूलाई पर्न जाने असुविधाका लागि चितवन मेडिकल कलेजले क्षमा मागेको छ ।

अस्पतालका अधिकांश स्वास्थ्यकर्मी कोरोना संक्रमित भई आइसोलेसनमा रहेकाले अहिले अस्पतालको सेवा समेत प्रभावित भएको छ । अस्पतालले आइसोलेसन वार्ड ८३, कोभिड वार्ड ६२ र कोभिड आईसीयू ५९ गरी कोरोना संक्रमितको उपचारको लागि दुई सय चार वटा बेड छुट्याएको छ । कोभिड आईसीयूको पाँचवटा बेडमा भेन्टिलेटरको समेत व्यवस्था गरिएको छ ।

चितवनमा केही दिनयता लगातारजसो झन्डै एकसय हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन् । संक्रमितको संख्या २५ सय पुग्नै लागेको बेला एकहजार भन्दाबढी सक्रिय संक्रमित रहेका छन् । जसमध्ये बुधवार दिउँसोसम्म जिल्लाका एक हजार चार सय ३ जना संक्रमणमुक्त भएका छन् । संक्रमित मध्ये अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077