Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • डा. केसीसँग वार्ता गर्न मैनालीको नेतृत्वमा वार्ता टोली गठन

    डा. केसीसँग वार्ता गर्न मैनालीको नेतृत्वमा वार्ता टोली गठन

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 3K
    SHARES

    काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग वार्ता गर्न समिति बनाएकाे छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालय स्राेतले बतायाे ।



    चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै २४ दिनदेखि अनसनरत डा. केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।



    सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले भोलि असोज २२ गते बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो ।

    चिकित्सक सं‌घको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार