Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ७२ घण्टे अल्टिमेटम सकिएलगतै चिकित्सक संघद्वारा आन्दोलनकाे घोषणा 

    ७२ घण्टे अल्टिमेटम सकिएलगतै चिकित्सक संघद्वारा आन्दोलनकाे घोषणा 

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.9K
    SHARES

    अनसनरत डा. गोविन्द केसी।

    काठमाडौं । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

    चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा. केसीकाे माग पुरा गर्न वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै संघले दबाबमुलक आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।



    असाेज २२ गते बिहीबार बिहान ९ बजे देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने कार्यक्रम रहेको संघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।



    त्यसैगरी पर्सि २३ गते देशभर आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ ।

    साथै यो अवधिमा पनि वार्ता टोली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ । छ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ, तर सरकारले वार्ता गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार