Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकैदिन थपिए ३४ सय ३९ काेराेना संक्रमित, सक्रिए संक्रमितको संख्या २५ हजार नाघ्याे

    एकैदिन थपिए ३४ सय ३९ काेराेना संक्रमित, सक्रिए संक्रमितको संख्या २५ हजार नाघ्याे

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३ हजार ४३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा १ हजार १२६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६८ हजार ६६८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५७८ पुगेको छ।

    यसैबीच हिजाे साेमबार देशभर १ हजार ५५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार