Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

    उपचाररत तीन कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 2.7K
    SHARES

    बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

    अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज बिहान जारी गरेको विज्ञप्तिमा सङ्क्रमण पुष्टि भएपछि यही असोज १६ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएका ७६ वर्षीय पुरुषको गए राति करीब १२ः५० बजे मृत्यु भएको जनाइएको छ । उनमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचाप, मधुमेह, दमलगायत समस्या रहेको विज्ञप्तिमा जनाइएको छ ।
    यस्तै असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी कोरोना सङ्क्रमित महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको डा गौतमले जानकारी दिनुभयो । ती महिलामा ज्वरो, सुख्खा खोकी, उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।



    यस्तै दाङको राप्ती गाउँपालिका वडा नं ८ की कोरोना सङ्क्रमित ७१ वर्षीया महिलाको मङ्गलबार साँझ ६.३० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी डा गौतमले आज जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ । ती महिलालाई असोज १७ गते कोरोना पुष्टि भएको र होम आइसोलेशनमा बसेका अवस्थामा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि मङ्गलबार नै प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार