काठमाडौं । भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ । तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ । अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१ जनामा संक्रमण देखिएको यो संख्या औषतमा ७५ हजार हाराहारीमा झरेको छ ।
भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सेप्टेम्बर १७ मा ९७ हजार ८९७ जनामा संक्रमण भएको थियो ।
विश्वमा दोस्रो धेरै संक्रमित भएको मुलुक भारतमा बुधबार बिहानसम्म ६७ लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ ।
Leave a Reply