Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यो वर्ष दशैंमा घर नआउनू !

    यो वर्ष दशैंमा घर नआउनू !

    अनलाइन नेपाल
  • बुधबार, २१ असोज २०७७
  • 5.2K
    SHARES

    काठमाडौं । नेपालीहरुको महान चाड बढा दशैं नजिकिंदै छ । प्रायजसो असोजमा नै दशैं पर्ने भए पनि यो वर्ष भने कार्तिकमा परेको छ दशैं । कार्तिक १ गते घटस्थापना गरेसँगै शुरु हुन्छ यो वर्षको दशैं ।

    दशैंमा स्वदेशमा रहेकाको त कुरै छाडौं, विदेशमा भएकाहरु पनि सकेसम्म विदा मिलाएर आउने गरेका थिए । तर, यो वर्ष भने दशैंको रौनक कमै हुने देखिएको छ ।



    बजार क्षेत्रमा दशैं नजिकिंदै गरेको जस्तो देखिए पनि गाउँ गाउँमा भने दशैंले दशा ल्याउने त होइन भन्ने चिन्ता थपिएको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण गाउँमा त्रास फैलिएको हो ।



    अहिले उपत्यकामा सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको अवस्था छ । यहि बेला दशैं मनाउनकै लागि गाउँ –गाउँमा उपत्यकाबाट मानिसहरु जाने हो भने कतै दशैंमा कोसेली कोरोना त लिएर जाँदैछैनन् ? भन्ने चिन्ताले गाउँलाई पिरोलेको छ ।

    तर, जे जस्तो भए पनि दशैंमा ठूलाको हातबाट आशिर्वाद थाप्नै पर्यो भन्नेको संख्या पनि कम भने छैन । घरबाहिर रहेका आफन्त दशैंमा आफन्तको हातको टीका थाप्न धमाधम घर फर्किने तयारीमा छन्।

    उपत्यकालगायतमा कोरोना भाइरस संक्रमण यहीबेला तीव्र भइरहँदा दसैंमा घर फर्किने ती आफन्तबाट घरसम्म संक्रमण भित्रिने त्रास पनि उत्तिकै छ।

    संक्रमणको त्यही जोखिम कम गर्न भन्दै विभिन्न जिल्लामा घर फर्किनेलाई होम क्वारेन्टिन राख्ने तयारी गरिएको छ।

    तनहुँको जिल्ला संकट व्यवस्थापन केन्द्रले त दशैंमा घर फर्किने जो कोहीलाइ होम क्वारेन्टिन राख्ने निर्णय गरिसकेको छ ।

    अझ सरकारले त सकेसम्म घरै नफर्किनु, जो जहाँ छ, त्यही दशैं मनाउन आग्रह गरिरहेको छ। तर, घर फर्किएको खण्डमा उनीहरुलाई गाउँ डुल्न नदिई घरमै बसाल्ने योजना जिल्लाहरुको छ ।

    राजधानीमा संक्रमण तीव्र रहेको र राजधानीबाट फर्केका व्यक्तिमा बढी संक्रमणको जोखिम रहेकाले पनि दशैं बेला घर फर्किनेलाई बढी निगरानी गर्ने पोखरा महानगरपालिकाको तयारी छ ।

    संक्रमणको गति नबढोस भनेर अहिले पनि कतिपय जिल्लाले भित्रिएका नागरिकलाई क्वारेन्टिन अनिवार्य नै गरेका छन्।

    त्यसो त हिमाली जिल्ला मुस्ताङ र मनाङले घर फर्किने जिल्लावासी र जो कोहीका लागि अनिवार्य गरेको क्वारेन्टिन अझै जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार