Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • थप १ हजार ५५१ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ९० हजार ८१४ पुग्याे

    थप १ हजार ५५१ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ९० हजार ८१४ पुग्याे

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १ हजार ५५१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा २ हजार ३४० जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६७ हजार ५४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको छ।

    यसैबीच हिजाे साेमबार देशभर २ हजार ४४० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार