Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माधव नेपालले भने-सरकारले गोविन्द केसीको ज्यान बचाउनुपर्छ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षामा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

उनले भने,' त्रिवि शिक्षण अस्पतालमा २३ दिनदेखि अनशनरत डा. केसीको जीवन रक्षा गर्ने सरकारकाे पहिलो प्राथमिकता हाे, त्यसर्थ सरकारले तत्कालै अनशन अन्त्य गर्ने वातावरण बनाएर उहाँको ज्यान बचाउनुपर्छ ।’

पूर्वप्रधानमन्त्री नेपालले नेकपाले समाजवादी नीति लिएका कारण स्वास्थ्य क्षेत्रमा सामान्य जनताको पहुँच स्थापना गर्ने पक्षमा पार्टी उभिनुपर्ने बताए । साथै सरकारले विगतमा डा. केसीसँग गरेको सम्झौता कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077