Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको शेयर विक्री गर्न हम्मे

    हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको शेयर विक्री गर्न हम्मे

    अनलाइन नेपाल
  • मंगलबार, २० असोज २०७७
  • 3.4K
    SHARES

    काठमाडौं। पाकिस्तानी हबिब बैंकलाई हिमालयन बैंकमा रहेकोे २० प्रतिशत संस्थापक शेयर विक्री गर्न हम्मे परेको छ । उक्त शेयर किन्न करीब डेढ वर्षअघिदेखि चासो देखाएको बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रूप (सीडीसी) कोभिडको कारण देखाउँदै पन्छिएको छ ।

    गतवर्ष बैंकको वार्षिक साधारणसभा अघिसम्म हबिबको शेयरको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) को काम करीब ८० प्रतिशत सकिएको र बाँकी साधारणसभापछि गर्ने भनिएको थियो । तर, तत्कालै यसो हुन सकेन । तर, अहिले कोभिडको कारण देखाएर सीडीसी हबिबको शेयर किन्नबाट पन्छिएको छ ।



    हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले सीडीसीले कोभिडका कारण उक्त शेयरमा लगानी नगर्ने आशय व्यक्त गरेको बताए । ‘हबिबका प्रतिनिधिसँग कुराकानी भएको थियो । सीडीसीले कोभिडका कारण नकिन्ने मनसाय व्यक्त गरेको छ । तत्काललाई यो स्थगित भएको छ,’ उनले भने ।



    करीब १ महीना अघिसम्म सीडीसीले कोरोनाका कारण आउजाउ गर्न सम्भव नभएकाले सन् २०२० भरिलाई उक्त शेयर खरीद सम्झौता होल्ड गर्ने भनेको थियो । तर, पछिल्लो समय कोभिडको टुंगो नलाग्ने देखेपछि लगानी गर्न इच्छुक नभएको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार