काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा ललितपुरको ललितपुर महानगरपालिका-२१ खोकनाका ३४ वर्षीय अमर महर्जन रहेका प्रहरीले जनाएकाे छ।
महर्जनलाई सोमबार काठमाडौंको कुलेश्वरबाट पक्राउ गरिएको सीआईका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापाले जानकारी दिए ।
उनलाई बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७६ माघ १३ गते ३२ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो । त्यस दिनदेखि फरार महर्जनलाई पक्राउपछि सजाय भुक्तानीको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको थापाले बताए ।
महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै जानी-जानी रीता महर्जनलाई झुक्याएर २०७४ जेठ २५ गते यति डेभलपमेन्ट बैंक कुमारीपाटी शाखाको चेक दिएका थिए । लामो समयसम्म झुक्याएपछि रीताले महर्जनविरुद्ध जाहेरी दिएकी थिइन् ।
Leave a Reply