Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • कुर्सी तोडफोड कांग्रेसको नीति विपरीत : प्रवक्ता शर्मा

    कुर्सी तोडफोड कांग्रेसको नीति विपरीत : प्रवक्ता शर्मा

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड कांग्रेसको नीति विपरीत भएको बताएका छन् ।

    सोमबार साँझ ट्विट गर्दै प्रवक्ता शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोड कांग्रेसको नीति तथा संस्कृति विपरीत भएको बताएका हुन्।



    प्रदेश ५ को प्रदेशसभामा सोमबार दिउँसो नेपाली कांग्रेसका सांसदहरूले कुर्सी तोडफोड गरेका थिए। आफूहरूसँग कुनै छलफल नै नगरी एकतर्फी रूपमा प्रदेश ५ को राजधानी भालुवाङ तोक्ने प्रक्रिया अघि बढेपछि आक्रोशित बनेका कांग्रेस सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका थिए।



    ‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ,’ प्रवक्ता शर्माले ट्विटमा लेखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार