Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • नाराबाजीकाबीच प्रदेशसभा बैठक सम्पन्न, कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

    नाराबाजीकाबीच प्रदेशसभा बैठक सम्पन्न, कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

    अनलाइन नेपाल
  • सोमबार, १९ असोज २०७७
  • 4.3K
    SHARES

    रुपन्देही । प्रदेश-५ को प्रदेशसभा बैठकमा सांसदहरुले होहल्ला गर्दै संसद अवरुद्ध गरेका छन् । राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको छ ।

    सोही क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध गरेको थियो । साेही क्रममा कुर्सी समेत तोडफोड भएको छ ।



    पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँचेका हुन् ।



    कांग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाएका छन् । सभामुखले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केशीलाई बोल्न दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार