Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ

    मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगामुढा गरेको आरोपमा ६ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । घटनामा संलग्न केही नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा कांग्रेस युवा नेता एवं प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, सञ्चारकर्मी कमला पाण्डेसहित ६ जनालाई पक्राउ गरेको छ।



    काठमाडौंबाट बुटवल फर्कने क्रममा राजमार्ग चौराहमा पोखरेल सवार गाडीमाथि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।



    ढुंगाले लागेर गाडीको सिसा फुटेको छ । लगत्तै प्रहरीले हवाइ फायरसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।  ढुंगा प्रहारबाट मुख्यमन्त्री सवार गाडी र स्कर्टिङमा रहेका २ वटा गाडीमा क्षति भएको छ ।

    प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित बुटवलको पक्षमा रहेका यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । कांग्रेससहित सञ्जालले आज रुपन्देही बन्दको आव्हान समेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार