Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • मुख्यमन्त्री पोखरेल सवार गाडीमा कांग्रेस कार्यकर्ताद्वारा ढुंगामुढा

    मुख्यमन्त्री पोखरेल सवार गाडीमा कांग्रेस कार्यकर्ताद्वारा ढुंगामुढा

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।

    काठमाडौंबाट बुटवल फर्कने क्रममा राजमार्ग चौराहमा पोखरेल सवार गाडीमाथि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।



    ढुंगाले लागेर गाडीको सिसा फुटेको छ । लगत्तै प्रहरीले हवाइ फायरसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ढुङ्गा हानेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलसहित चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।



    प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित बुटवलकाे पक्षमा रहेका यस क्षेत्रका संघसंस्था आन्दाेलित छन् । कांग्रेससहित सञ्जालले आज रुपन्देही बन्दको आव्हान समेत गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार