Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आइतबार थपिए २ हजार २५३ काेराेना संक्रमित, १३ सय २९ डिस्चार्ज, ७ जनाकाे मृत्यु

    आइतबार थपिए २ हजार २५३ काेराेना संक्रमित, १३ सय २९ डिस्चार्ज, ७ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा आज थप २ हजार २५३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर २ हजार २५३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा १ हजार ३२९ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २१९  रहेको छ ।



    यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५३५ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार