Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सर्वोच्चका न्यायाधीशलाई पनि कोरोना संक्रमण

    सर्वोच्चका न्यायाधीशलाई पनि कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, १८ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सर्वोच्चले आइतबार सूचना जारी गर्दै केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको सूचनामा उल्लेख छ ।

    केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इजालास मात्र सञ्चालन गरेको अदालतका सहप्रवक्ता देवेन्द्र दाहालले जानकारी दिए । उनका अनुसार सर्वोच्चमा सङ्क्रमणका कारणले केही न्यायाधीश अहिले होम आइसोसनमा रहनेछ । सर्वोच्चमा एकल, संयुक्त र बृहत इजलास सञ्चालन हुँदै आएका थिए । आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अर्का न्यायाधीश डा.मनोजकुमार शर्मा मात्र आएका छन् । न्यायाधीश डा. शर्माको एकल इजलास मात्र सञ्चालनमा छ ।



    सहप्रवक्ता दाहालले एकल इजलासबाट रिट निवेदन, प्रारम्भिक सुनुवाइ हुने खालका र नगरी नहुने निवेदनको मात्र सुनवाइ हुने जानकारी दिए । सर्वोच्च अदालतले जारी गरेको सूचनामा अदालतका न्यायाधीश, केही अधिकृत र कर्मचारी सङ्क्रमित हुनुभएको र सङ्क्रमित सबै होम क्वारेन्टिन, आइसोलेसनमा रहनुभएको जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार