Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपा भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन् ।

नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएको हो ।

नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरु  सबैलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077