Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 4.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लाे केहीदिन नेपालमा काेराेना भाइरसकाे संक्रमण बढीरहेकाे छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई शनिबार कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।



    स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।



    अन्य बाँकी केहीको रिपोर्ट आउन बाँकी छ । शुक्रबार बिहान प्रधानमन्त्री कार्यालयका कार्यरत सुरक्षाकर्मी तथा सल्लाहकार लगायतको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

    यस्तै प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार