Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • काठमाडौं उपत्यकामा ११७७ संक्रमित भेटिए

    काठमाडौं उपत्यकामा ११७७ संक्रमित भेटिए

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा भेटिएका २ हजार १ सय २२ संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ संक्रमित भेटिएका हुन्।

    काठमाडौं, भक्तपुर र ललितपुरमा गरी १ हजार १ सय ७७ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र १ हजार १ जना संक्रमित भेटिएका छन्। भक्तपुरमा ६७ र ललितपुरमा १ सय ९ जनामा कोरोना पुष्टि भएको छ।



    उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २७ हजार ९ सय १८ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा २२ हजार ६ सय ७४, ललितपुरमा २ हजार ७ सय ९६ र भक्तपुरमा २ हजार ४ सय ४८ संक्रमित पुगेका छन्। यसअघि शुक्रबार काठमाडौं उपत्यकामा हालसम्मकै बढी १ हजार ६ सय ३८ जनामा कोरोना भेटिएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार