Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्न नेकपा प्रदेश ५ संसदीय दलको निर्णय

    प्रदेश राजधानी दाङको पक्षमा मतदान गर्न नेकपा प्रदेश ५ संसदीय दलको निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 2.8K
    SHARES

    बुटवल । प्रदेश ५ को प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने सत्तारूढ दलले निर्णय गरेको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ को संसदीय दलको शनिबार बसेको बैठकले शुक्रबार प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी र नामाकरणसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हाे।

    प्रदेश सरकारले प्रदेश राजधानी दाडको देउखुरीमा बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा लगेको थियो । उक्त बिषयमा आज बिहानैबाट बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले रातोपाटीलाई बताए । उनले आज सवै जिल्लाका सांसदहरुले आफ्नो धारण राखेको र अन्नतः सरकारले ल्याएको निर्णयलाई समर्थन गर्ने निष्कर्षमा पुगिएको बताए । उनले पार्टीले प्रस्तावको पक्षमा मतदान गर्न ह्वप पनि लगाएको बताए ।



    प्रदेशको स्थायी राजधानी दाङ कि बुटवल भन्ने विषय पेचिलो भइरहेको अवस्थामा प्रदेशसभामा अचानक प्रस्ताव भएपछि नेकपाकै सांसदले त्यसको विरोध गरेका छन् । आजको बैठकमा रुपन्देहीका केही सासदहरुले बुटवल नै ठिक भएकाले दाङमा तोक्नु गतल भएको बताए पनि अन्नतः पार्टी निर्णय मान्नुपर्ने अवस्था आएको एक सासदले बताए ।



    सांसदले आफ्ना धारणा राखेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तावका बारेमा थप प्रष्ट पार्ने सहमतिअनुसार प्रस्ताव पास गर्न निर्देशन दिएको सचेतक ढकालले बताए । प्रस्ताव पास गर्न दुई तिहाई बहुुमत आवश्यक हुन्छ । त्यसका लागि ८७ सांसदमध्ये ६१ सांसद नेकपा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार