Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशन

    अनलाइनबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाउन निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दशैं, तिहार लगायत ठूला चाडवाडमा यात्रुलाई सहज रुपमा आवागमन गर्ने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

    संसदको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।



    शुक्रबार समितिले आयोजना गरेको भर्चुअल छलफलमा समितिका सभापति कल्याणी खड्का लगायत समितिका सदस्यहरुका साथै भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री वसन्त कुमार नेम्बाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा ट्राफिक प्रहरी महाशाखाका प्रतिनिधि र विज्ञ समेतको सहभागिता थियो ।



    यस्तो छ, समितिको निर्देशन
    १. हालैको अविरल बर्षाको कारण बाढीपहिरोले पुल, बाटोघाटो आदिमा पुर्याएको क्षतिबाट नजिकिँदै गरेको चाडपर्वमा यात्रुहरुलाई पर्न जाने असुविधा रकठिनाइलाई तत्काल समाधान गर्न एवं सडक यातायातलाई पूर्णरुपमा सुचारु गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।

    २. सवारी साधन सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण पालना गर्न गराउन,खाना खुवाउने स्थानमा सामाजिक दूरी कायम गर्न,सवारी साधन चढ्दा, ओर्लदा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था कडाइको साथ लागू गर्न गराउन समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।

    ३. लामोदूरीका सवारी साधनहरुमा टिकट बिक्रि ९टिकट काउन्टर तथा अनलाइन० तथा सहज स्थानबाट वितरण गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।

    ४. वर्षायाममा बाढीपहिरोबाट धेरै जनधनको क्षति हुनेगरेको हुदा जोखिमपूर्ण स्थानमा रहेका मानववस्तीहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने कार्य प्रभावकारीरुपमा कार्यान्वयन गर्न समिति नेपाल सरकार गृह मन्त्रालयलाई निर्देश गर्दछ ।

    ५. कोभिड १९ को महामारीको कारण धेरै समयदेखि बन्द भएका लामोदूरीका सवारीसाधनहरुको अनिवार्यरुपमा फिटनेस टेष्ट गर्न एवं सार्वजनिक सवारी साधनमा स्वास्थ मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना भए नभएको प्रभावकारीरुपमा अनुगमन एवं नियमन गर्न समिति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ,सडक विभाग,यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई निर्देश गर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार