Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कञ्चनपुरमा जुवा खेल्ने १२ जना पक्राउ

    कञ्चनपुरमा जुवा खेल्ने १२ जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १७ असोज २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । शुक्रबार कञ्चनपुर प्रहरीले भिमदत्त नगरपालिका–१० गड्डाचौकीबाट १२ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी अमर थापाका अनुसार स्थानीय गोपाल कार्कीले सञ्चालन गरेको कार्की होटल एण्ड लजमा जुवा खेलिरहेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डीएसपी थापाले जानकारी गराए ।

    पक्राउ पर्नेहरुमा कञ्चनपुर भिमदत्त नगरपालिका–११ का ५० वर्षीय पदम बोहोरा, ६ का ३८ वर्षीय शंकर पाण्डेय, १० का ४० वर्षीय नरेन्द्र सुनार, ९ का ४० वर्षीय करन सिंह कार्की, ११ का ६३ वर्षीय पदम सिंह खत्री, ११ का ४२ वर्षीय देवराज ओझा र १० का ३८ वर्षीय नन्दराज जोशी रहेका छन् । यस्तै भिमदत्त नगरपालिका–११ का ५६ वर्षीय कमल गुरुङ, ११ का ४८ वर्षीय करण सिंह सुनार, १० का ४९ वर्षीय दिल्लीराज जोशशी, १० का ३८ वर्षीय गोपाल कार्की र १० का २५ वर्षीय दिपक राज जोशी रहेको प्रहरीले जनाएको छ ।



    उनका अनुसार जुवा खेल्नेहरुसँग ४५ हजार ६०० र तीन बुक तास बरामद भएको छ । उनीहरुले प्रयोग गरिरहेको मोबाइलसहित राखि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार