Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवनमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    चितवनमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    चितवन। चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका ११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो । ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो ।

    यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका ७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।



    श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनीलाई बिहीबार राती भरतपुर अस्पतालमा रिफर गरिएको थियो । सोही दिन नै उनमा कोरोना पोजेटिभ पुष्टि भएको हो ।



    भरतपुर अस्पतालको कोभिड आइसियूमा उपचाररत उनीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

    योसंगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ जना पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार