Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • १ करोडको क्षतिपूर्ति माग गर्दै प्रमोद खरेलबिरुद्ध मुद्दा दायर

    १ करोडको क्षतिपूर्ति माग गर्दै प्रमोद खरेलबिरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 5.1K
    SHARES

    काठमाडौं । गायक प्रमोद खरेलकाे छाति चिरेर बाेलकाे गीत अहिले चर्चामा छ । तर यही समयमा गायक खरेलविरूद्ध १ करोड रुपैयाँ क्षतिपूर्ती माग गर्दै मुद्दा दायर भएको छ ।

    विन्ध्यवासीनि म्युजिक प्रा.लि.का प्रोड्युर, गायक, लगानीकर्ता एवं सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा गायक खरेल विरूद्ध मुद्दा दायर गरेका हुन् ।



    गायक खरेलले विभिन्न गीतका ट्र्याकहरु अनुमतिबीना प्रयोग गरेको भन्दै रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर गरेका हुन् ।



    विभिन्न समयमा देश तथा विदेशमा आयोजित कार्यक्रमहरुमा गायक खरेलले विन्ध्यवासीनिका ट्र्याकहरु प्रयोग गरेर गीत गाउँदै आएको भन्दै शुक्रबार रजिस्ट्रारको कार्यालयमा मुद्दा दायर भएकाे हाे ।

    लाखौंको लगानीमा निमार्ण हुने यस्ता ट्र्याकहरु अनुमतिबीना प्रयोग गर्नुले आफ्नो नैतिक एवं आर्थिक अधिकारको हनन् एवं प्रतिलिपि अधिकार समेत हनन् भएको विन्ध्यवासीनिका सञ्चालक रेग्मीले बताएका छन् ।

    कम्पनीकातर्फबाट विज्ञप्ती जारी गर्दै सञ्चालक रेग्मीले यसरी हनन् भएको नैतिक एवं आर्थिक अधिकारको क्षतिपूर्ती भरिमाग्न माग गरेका छन् ।

    यसरी लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु चोरी गरेर प्रयोग गर्नु लज्जास्पद रहेको भन्दै रेग्मीले १ करोड नेपाली रुपैयाँ क्षतिपूर्ती माग गर्दै प्रतिलिपि रजिष्टारको कार्यलयलाई निवदेन लेखेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार