Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • प्रदेश राजधानी दाङ बनाउने निर्णयविरूद्ध बुटवलमा प्रदर्शन

    प्रदेश राजधानी दाङ बनाउने निर्णयविरूद्ध बुटवलमा प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 4.3K
    SHARES

    रूपन्देही । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव भएसँगै बुटवलमा आन्दोलन सुरू भएकाे छ।

    शुक्रबारकाे प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेश गरेर प्रस्ताव अघि बढाएलगत्तै नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीले विभिन्न स्थानमा टायर बालेर नारा जुलुससहित प्रदर्शन गरेको हो । उनको प्रस्तावमा प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव गरिएको छ ।



    बुटवलको अस्पताल लाइन र सैनामैना लगायतका ठाउँमा विरोध प्रदर्शन भएका छन् । आन्दोलनकारीले प्रदेशसभा सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी समेत तोडफोड गरेका छन् ।



    त्यस्तै लु १ झ ४४९ नम्बरको अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रदेशसभा भवन अगाडि कालिकापथमा अर्को एउटा गाडीमा समेत तोडफोड भएको जनाइएको छ । आन्दोलनकारीले बुटवलको मिलनचोकमा समेत टायर बालेर प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार