Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ६० हजार नाघ्याे, देशभर २१ हजार २३४ सक्रिय संक्रमित

    काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ६० हजार नाघ्याे, देशभर २१ हजार २३४ सक्रिय संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ असोज २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ३३ सय ७ जना काेराेना भाइरस मुक्त भएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमण मुक्त हुनेकाे संख्या ६० हजार ६९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यसैबीच काठमाडाैं उपत्यकामा १६ सय ३८ सहित पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। शुक्रबार अहिलेसम्मकै उच्च संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८२ हजार ४५० पुगेको छ।



    मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ७६० जनाको पीसीआर भएको छ। योसँगै नेपालमा पीसीआरको संख्या १० लाख ४८ हजार ६८६ पुगेको छ।



    अहिले देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ छ । होम आइसोलेशनमा ११ हजार ७६० जना रहेका छन्। मन्त्रालयका अनुसार अहिले ९ हजार ४७४ जना संस्थागत आइसोलेशनमा छन्। अहिले ४ हजार ८८५ जना क्वारेन्टाइनमा छन्।

    मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, र डोल्पामा संक्रमितको संख्या शून्य छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार