Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

    उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । काेराेना कहरले गर्दा पटक-पटक मिति सरेकाे नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तय भएर पनि हुन सकेको थिएन ।

    महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।



    “आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ, ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ, ठूलो र खुला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ,” महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।



    यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो ।

    त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको छ।

    नेपाल सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

    महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो ।

    पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर ,देशमा जारी लकडाउन तथा निषेधाज्ञा हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार