Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिजेल र मट्टीतेलकाे मूल्य घट्यो

काठमाडौं ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलकाे मूल्य घटाएकाे छ । निगमले डिजेल र मट्टीतेल दुवैमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हाे ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार (१ अक्टोबर २०२०) मा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ ।

यस्तै पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रवक्ता उपाध्यायका अनुसार मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सौलसँग जोडिएको वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २८ रुपैयाँ ७५ पैसा र डिजेल ३४ रुपैयाँ ७७ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077