जनकपुरधाम । प्रहरीले दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा सचिवलाई पक्राउ गरेकाे छ ।
महोत्तरीको महोत्तरीको भंगहा नगरपालिका-९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वडा सचिव मिथिलेश यादव पक्राउ परेका हुन् ।
सोही वडाका एक महिलालाई भंगहा नगरपालिका-९ का वडा सचिव यादवले बुधबार साँझ जबरजस्ती करणी गरेको महिलाको आरोप छ ।
घटनापछि बिहीबार ९ बजेतिर आरेपित यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए ।
बजारबाट घर जाँदै गरेको अवस्थामा बुधबार साँझ राती बलात्कारको प्रयास गरेको प्रहरी प्रमुख उपरिक्षक केसीको भनाइ छ । स्थानीयका अनुसार वडा सचिव यादव राती अत्याधिक मदिरा सेवन गरेका थिए ।
Leave a Reply