Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • इजरायलसँग कृषि र श्रम सम्झौता

    इजरायलसँग कृषि र श्रम सम्झौता

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 4.3K
    SHARES

    काठमाडाैँ । नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिनेछ ।

    सो समझदारीपत्रमा नेपालका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्य र इजरायलका तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका छन्। इजरायली अन्तरराष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा सो हस्ताक्षर भएको हो । नेपालका तर्फबाट हस्ताक्षर गर्न यही असोज ११ गते बसेको मन्त्रिपरिषद्ले सहमति दिएको थियो ।



    विश्वका सयभन्दा बढी मुलुकका विज्ञलाई तालीम र सीप विकासको तालीमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो । राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै सो विषयमा निरन्तर पहल गरेको र सफलता प्राप्त गरेको जानकारी दिइन् ।



    उनले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरिएको जानकारी दिए।
    बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ मा हस्ताक्षर भएको थियो ।

    यससँगै अब इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ । यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार