Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • नक्कली कागज बनाई भारत पठाउने ३ जना पक्राउ

    नक्कली कागज बनाई भारत पठाउने ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १५ असोज २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    कैलाली । नक्कली कागज तयार गरी नेपाली नागरिकलाई भारत पठाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ३९ का जयन्द्र स्वार, ४ बस्ने वर्ष ३५ का मान बहादुर बिष्ट र २ बस्ने वर्ष २७ का छत्र रावल रहेका छन् ।

    पैसा लिएर नक्कली कागज जाद बनाई नेपाली नागरिकलाई भारततर्फ पठाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।



    उनीहरुलाई असोज १३ गते धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए । उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुरमा मुद्धा दर्ता गरी आज जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थपसँगै आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार