Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • पीसीआर टेष्टको शुल्क समायोजन गर्न ८ ल्याबलाई मन्त्रालयकाे २४ घण्टे अल्टिमेटम

    पीसीआर टेष्टको शुल्क समायोजन गर्न ८ ल्याबलाई मन्त्रालयकाे २४ घण्टे अल्टिमेटम

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टे अल्टिमेटम दिएको छ । मूल्य समायोजन नगरे पीसीआर टेष्टका लागि दिएको स्वीकृति खारेज गर्ने र कालोबजारीमा कारबाही गर्ने मन्त्रालयको निर्णय छ ।

    स्टार अस्पताल, हृयाम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्ज सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायगनोस्टिक र इन्ट्रापि्रड डायगनोस्टिकले संयुक्त रुपमा ३८९९ रुपैयाँ शूल्क तोकेका छन् ।



    ल्याबहरुको अनुगमन गरेको गुणस्तर मापन तथा नियमन महाशाखाले तोकिएभन्दा बढी शुल्क लिइएको प्रतिवेदनमा बुझाएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले बढी शुल्क दिने ल्याबहरुलाई सचेत गराउन र २४ घण्टाभित्र शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।



    सरकारले भदौ २८ बाट आरटी-पीसीआर टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार