Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बाबरी मस्जिद प्रकरणमा आडवाणी र जोशीसहित सबैलाई सफाइ

    बाबरी मस्जिद प्रकरणमा आडवाणी र जोशीसहित सबैलाई सफाइ

    अनलाइन नेपाल
  • बुधबार, १४ असोज २०७७
  • 2.3K
    SHARES

    नयाँदिल्ली। भारतको सीबीआई अन्तर्गत गठित विशेष अदालतले बुधबार २८ वर्षअघि अयोध्याको बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै अभियुक्तलाई सफाइ दिएको छ ।

    मस्जिद  भत्काउन भूमिका खेलेको आरोपमा ४८ जनामाथि मुद्दा चलाइएकोमा १६ जनाको मूत्यु भइसकेको छ।



    लखनउमा बुधबार अन्तिम फैसला सुनाउँदै अदालतले सत्तारूढ भारतीय जनता पार्टी  का वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।



    भारतीय सञ्चारमाध्यमका अनुसार न्यायाधीश एसके यादवले अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको भन्दै सफाइ दिएका हुन।

    १९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादी ‘कार सेवकहरू’ ले राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएका थिए । त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।

    घटनामा संलग्न भएको आरोपमा सीबीआईले सुरुमा आडवाणी, जोशीलगायत ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा किनारा नलाग्दै १७ जनाको मृत्यु भइसकेको बताइएको छ । बाँकी ३२ अभियुक्तमध्ये अघिल्लो महिना अयोध्यामा शिलान्यास गरिएको राम मन्दिर निर्माणका लागि गठित श्री जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख नृत्यगोपाल दास, उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह, भाजपा नेत्री उमा भारती पनि हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार