Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ब्रोइलर कुखुरालाई मेहेन्दी लगाएर ‘लोकल’ को भाउमा बेच्ने गिरोह फन्दामा

    ब्रोइलर कुखुरालाई मेहेन्दी लगाएर ‘लोकल’ को भाउमा बेच्ने गिरोह फन्दामा

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 3.5K
    SHARES

    काठमाडौं।  कलंकीमा ब्रोइलर कुखुरालाई रंग्याएर लोकल कुखुरा भन्दै बेच्ने गिरोह प्रहरी फन्दामा परेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले ठगी गर्ने सो गिरोहका तीन महिलासहित एक पुरुषलाई पक्राउ गरेको छ ।

     रंग लगाएर बेच्‍न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रंग लगाउन तयारी अवस्थामा राखिएका २४ हजार ९ सय ५० चल्लासहित ३ महिला र एक पुरुषलाई वृत्तले कलंकीबाट पक्राउ गरेको हो ।



    वृत्तका अनुसार चितवनबाट ल्याइएका कुखुराका चल्लालाई कृत्रिम रंग दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्‍न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।



    प्रहरीले उनीहरुको साथबाट प्रयोग भैसकेका दर्जनौं मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दीका खोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार १० रुपैयाँ प्रतिगोटामा किनेको चल्लालाई रंग लगाएपछि ६० देखि डेढ सय रुपैयाँसम्ममा बेच्दै आएका थिए ।

    वृत्तले रंग लगाएर बेच्‍न ठिक्क पारिएका ३६ सय ५० चल्ला, रंग लगाउन तयारी अवस्थामा राखिएका २४ हजार ९ सय ५० चल्लासहित ३ महिला र एक पुरुषलाई कलंकीबाट पक्राउ गरेको हो ।

    वृत्तका अनुसार चितवनबाट ल्याइएका कुखुराका चल्लालाई कृत्रिम रंग दलेर लोकल कुखुरा भन्दै महँगो भाउमा बेचिरहेको सूचनाका आधारमा प्रहरीले काठमाडौंका विभिन्‍न पोल्ट्री सप्लायर्समा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

    प्रहरीले उनीहरुको साथबाट प्रयोग भइसकेका दर्जनौं मेहन्दीका खोल र प्रयोग गर्न राखिएका केही प्याकेट मेहेन्दीका खोल समेत बरामद गरेको छ । प्रहरीका अनुसार दस रुपैया प्रतिगोटामा किनेको चल्लालाई रंग लगाएपछि ६० देखि डेढ सय रुपैयाँसम्ममा बेच्दै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार