Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • अवैधरुपमा काठमाडौँमा चल्ला ल्याइ बेच्न खोज्ने ४ जना पक्राउ

    अवैधरुपमा काठमाडौँमा चल्ला ल्याइ बेच्न खोज्ने ४ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १३ असोज २०७७
  • 2.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अवैधरुपमा काठमाडौँमा चल्ला ल्याइ बेच्न खोज्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४५ बर्षीया चन्दा शाह, ४२ बर्षीया प्रेम शिला देवी जैसवाल, वकिल खाँन र सुनिता जैसवाल छन् । कलंकीबाट प्रहरीले २८ हजार ६ सय वटा लेयर्स कुखुराको चल्ला बरामद समेत गरेको छ । चितवनबाट काठमाडौं ल्याएर लेयर्स कुखुराको चल्लालाई अवैध रुपमा रङ परिवर्तन गरेर बेच्न खोजेकाे अभियाेगमा प्रहरीले उनीहरूलाइ पक्राउ गरेकाे हाे।

    चितवनको अविनाश मोर्डन ह्याचरी बाट चल्ला ल्याएका उनीहरुले कलंकी र स्यूचाटारमा रहेको आफ्नो पोल्टिफर्ममा राखेर रङ परिवर्तन गरेका थिए । लेयर्स कुखुराको चल्लालाई रङ बदलेर ‘लोकल चल्ला’ भन्दै बेच्न खोज्ने ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।



    बारा कचोर्वा घर भएकी प्रेमशिला देवीको काठमाडौं–१४ स्थित जैसवाल पोल्ट्री सप्लायर्समा चितवनबाट ल्याएको १० हजार मध्ये १५ सय चल्लाको रंग परिवर्तन गरेको भेटिएको छ ।
    प्रतिचल्ला १० रुपैयाँमा खरिद गरेका उनीहरुले झुक्याएर एउटा चल्लाको ८० देखि एक सय रुपैयाँमा बेच्न लागेको एसपी राठौरले बताए ।



    प्रहरीले नियन्त्रणमा लिएका वकिल खानले ३ सय, सुमित्रा जैसवालले १ सय ५० र चन्दादेवी शाहले ७ हजार वटा चल्लाको रङ परिवर्तन गरेको भेटिएको छ । चल्लाको रङ परिवर्तन गरेर महंगोमा बेच्नेलाई कालाबाजारी ऐन अनुसार मुद्धा चलाउनको प्रहरीको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार