Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • लेनदेनकाे विवादले महिलाकाे हत्या

    लेनदेनकाे विवादले महिलाकाे हत्या

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 3.8K
    SHARES

    प्रतिकात्मक तस्विर

    रौतहट । भदौ १४ गते दिउँसो घाँस काट्न गएकी मिन्त्रादेवी बैठ साँझसम्म घर फर्कीनन् । घरपरिवारका सदस्यले खोजतलास गर्दै जाँदा साँझ ६ बजे स्थानीय समिउल्ला कवारीको उखुघारीमा उनको शव भेटियाे ।

    मृत फेला परेकी ३५ वर्षीया बैठको लेनदेनका कारण हत्या भएको रिपोर्ट प्रहरीले आज सार्वजनिक गरेको छ । गढीमाई नगरपालिका ३ गमरिया पर्साका सकल बैठकी श्रीमती मिन्त्रादेवीको लेनदेनकै कारण हत्या भएको प्रहरीले जानकारी दिएको हो ।



    अनुसन्धानबाट सोही ठाँउका जमसैद आलमका बुवा स्व.अनवर हुसैनले लिएको ऋण चुक्ता गर्न नसक्दा सो घटना भएको पाइएको प्रहरीको दाबी छ । जग्गाका विषयमा विवाद चल्दा मृतक मिन्त्रादेवीका श्रीमान सकल बैठाले जमसैद आलमलाई कुटपिट समेत गरेका थिए ।



    सोही जग्गाको बिवादमा जमसैद आलमले बैठालाई प्रतिवादी लिखित बदरको मुद्दा हालेका थिए । जिल्ला अदालतले उक्त मुद्दामा बैठाको पक्षमा फैसला गरेपछि आलमले बैठालाई जग्गा छोडन पटक–पटक धम्की दिँदै आएको प्रहरीको भनाई छ । जग्गाकै रिसिइवीका कारण जमसैद आलमको योजनामा मिन्त्रादेवीको हत्या भएको प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

    आलमको योजनामा स्थानीय दाउद मिया, जहरुदिन मिया भन्ने हारुण मिया र महमद ईशराफुल मियाको संलग्नतामा मिन्त्रादेवीको घाँटी सलले कसेर मारेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी सोमवार जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थमाएर घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार