Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

    असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 5.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव अघि सारिएकाे छ ।

    यातायात व्यवस्था विभागले यातायात व्यवसायीहरुसँग छलफल गर्दै सार्वजनिक सवारीमा असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव अघि सारेकाे छ ।



    विभागले असाेज २० देखि २५ सम्म अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको छ ।



    विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान गरिएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार