Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मोरङमा १३० जना कोरोना संक्रमित थपिए

    मोरङमा १३० जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । मोरङमा १३० जना कोरोना संक्रमित थपिएका छन्। कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।



    विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ । प्रदेश १ मा यसअघि एकैदिन १८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४३६ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार