Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आज आश्विन १२ गते सोमबारको राशिफल

    आज आश्विन १२ गते सोमबारको राशिफल

    अनलाइन नेपाल
  • सोमबार, १२ असोज २०७७
  • 2.4K
    SHARES

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजनापनि बन्न सक्छ ।



    मिथुन



    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् । आकस्मिक धनलाभपनि होला ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रापनि रहला ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट लाभ हुनेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्नेछ ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार